कविता
माैन संवाद
प्रिय शून्यता !
नमन !
तिमीले मेरो मानसपटलको ठेगानामा पठाएको पत्र प्राप्त भयो
यताको हालखबर सोधेकी रहिछौ
खबर के भनौं र जसोतसो चलेकै छ
सागरमा पौडिने माछालाई अङ्खोरामा बाँच्ने तालिम दिइँदो रै’छ; सिक्दैछु
मुटुलाई ढुङ्गा बनाउन पनि सिकेको छु
मान्छेलाई वस्तुको आँखाले हेर्न पनि सिकेको छु
यस्तै यस्तै अनेक सिकाएको छ मलाई यो शहरले
यदि भेटहुँदा तिमीलाई मैले चिनिन भने सम्झनु आज यसको गोजी रित्तै छ
मान्छे रोइरहेको देख्दा वास्तै नगरी हिँडेको पायौ भने मलाई
त्यहाँ पनि अन्यथा नलिनु
आखिर मैले यो शहरबाट यही पाठ सिकेको छु
जहाँ एकाबिहानै भाले बास्दैन, काग कराउँछन् ।
© मुक्ति भण्डारी
Friday, April 13, 2018
Subscribe to:
Post Comments (Atom)
‘नुन-तेल’मा जलवायु परिवर्तन र दिगो विकासका गहन मुद्दा
देश चुनावी माहोलले तात्तिएको छ तर जुम्लामा चिसो घटेको छैन । सामाजिक सञ्जाल हेरिनसक्नु छ । सबैले आ – आफ्नै डम्फु बजाइरहेका छन् । केही समयका...
-
देश चुनावी माहोलले तात्तिएको छ तर जुम्लामा चिसो घटेको छैन । सामाजिक सञ्जाल हेरिनसक्नु छ । सबैले आ – आफ्नै डम्फु बजाइरहेका छन् । केही समयका...
-
नेपाली मुक्तकका विविध आयामबारे नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेसँग लिइएको अन्तर्वार्ता प्रस्तुतकर्ता ः मुक्ति भण्डारी १. ...

No comments:
Post a Comment