Monday, March 2, 2026

‘नुन-तेल’मा जलवायु परिवर्तन र दिगो विकासका गहन मुद्दा

 

देश चुनावी माहोलले तात्तिएको छ तर जुम्लामा चिसो घटेको छैन । सामाजिक सञ्जाल हेरिनसक्नु छ । सबैले आआफ्नै डम्फु बजाइरहेका छन् । केही समयका लागि यो सञ्जालबाट टाढा बस्न मन लागेर लामो समयदेखि झोलामा बोकेर हिँडेको तर पढ्ने मौका नमिलेको पुस्तक खोलेँ । २०८० सालको मदन पुरस्कारका लागि उत्कृष्ट पुस्तकको सूचीमा परेको यो पुस्तकमा लेखकले कुस्मादेखि बुटवलसम्मको ५ दिनको यात्रा वर्णन गरेका छन् । मूल रूपमा जलवायु परिवर्तन र यसका असरहरूबारे लेखिएको यो पुस्तकमा लेखकले आफ्ना पुर्खाहरूले नुन तेल किन्न बटौली (बुटवल) जाने पदमार्गलाई पछ्याउँदै विगततर्फको यात्रा गरेका छन् । 

मैले यो पुस्तक सुन्दर प्रकृतिको काखमा बसेर पढेँ । अगाडिपट्टि हिउँले ढाकिएका सेता पहाडहरूतल खलङ्गा बजारवरिपरि वसन्त पर्खिरहेका स्याउका बगैँचा र सुसाइरहने सल्लाका बोटहरू । म यो चिसो मौसममा बसेर पुस्तक पढिरहँदा देश चुनावको रापले तात्तिएको छ । यो हप्ता अधिकांश राजनीतिक दलहरूका चुनावी घोषणापत्र सार्वजनिक भइरहेका छन् । तर कसैले पनि आफ्ना चुनावी घोषणापत्रमा जलवायु परिवर्तन र यसका असर न्यूनीकरण तथा दिगो विकासलाई प्राथमिकतामा राखेको देखिएन । थाहा छैन अबको १०/२० वर्षपछि हिमाली जिल्लाहरू यसरी हिउँले ढाकिन्छन् कि नाईँ स्थानीयवासीहरूका अनुसार यस क्षेत्रमा प्रत्येक वर्ष हिउँ पर्ने क्रम घटिरहेको छ । यहाँ आएपछि थाहा भो हिमाली जिल्लाहरूमा हिउँ पर्नु भनेको ठूलै उत्सव रहेछ । तर त्यस्तो उत्सव आजकल बिरलै आउने रहेछ । जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम बृद्धिका पछाडि ठूला तथा विकसित देशहरूकै मुख्य हात रहे तापनि ससाना देश त्यसमा पनि नेपालजस्ता हिमाली देशहरूमा ठूलो असर पर्ने देखिन्छ । लेखकले यस पुस्तकमा उठाएको प्रमुख विषय पनि यही हो । 

लेखक आफ्नोभन्दा आफ्नो छोरा र उनीहरूको पुस्ताप्रति चिन्तित छन् । उनी लेख्छन् छोराले आधुनिक विज्ञानले सिर्जना गरेका अनगिन्ती सुख सुविधा त भोग्लाभ्याक्सिन पाएर कोभिडजस्ता महामारीबाट सुरक्षा त पाउला । तरहामीले बाल्यकालमा पाएझैँ स्वस्थ हावामा सास फेर्न नपाउने भयो । मूलको सफा र चिसो पानी पिउन नपाउने भयो । अनिविषादीरहित र स्वस्थकर खाना खान नपाउने भयो (पृ.२४७) । 

पुस्तक पढ्दै गर्दा फेरि चुनावकै प्रसङ्गले तान्यो । विगतमाझैँ यसपालि पनि राजनीतिक पार्टीहरूको एकअर्कालाई आरोप प्रत्यारोप लगाउने र आफ्ना राम्रा पक्षभन्दा अरूका नराम्रा पक्षको बढी प्रचारप्रसार गर्ने प्रवृत्ति रोकिएको छैन । पुराना दलहरूले नयाँहरूलाई हाहाहुहु’ र देश जलाउने’ को संज्ञा दिएका छन् भने नयाँहरूले पुरानालाई आजसम्म केही नगरेको’ आरोप लगाएका छन् । तर वास्तवमा यी दुबै भाष्यहरू पूर्ण सत्य छैनन् । नुनतेल’ पढ्दै गर्दा थाहा हुन्छ हामीभन्दा दुई पुस्ता अघि मात्र नेपालका पहाडी भेगमा भोकमरीको कस्तो विकराल अवस्था थियो । केही दशकयता नेपालले भोकमरीमाथि विजय हासिल गरेको छ । भौतिक पूर्वाधारहरूको ढिलै भएपनि विकास भइरहेको छ तर नयाँ र पुराना दुबै पुस्ताका राजनीतिकर्मीहरूले विकास भनेकै डोजर लगाएर पहाड भत्काउनु हो’ भन्ने मानसिकता त्याग्नु जरुरी छ । यसपालिको चुनावी घोषणापत्र हेर्दा पनि राजनीतिक दलहरूमा (नयाँ भनिएकाहरूमा समेत) वातावरण संरक्षण र दिगो विकास सम्बन्धी चेत पसेको देखिँदैन । 

लेखक पेशाले चिकित्सक भए तापनि उनमा प्रकृतिप्रेम र दार्शनिक चेतना सशक्त देखिन्छ । उनी लेख्छन् डोजरले बाटो खनिसकेर सुस्ताएको भए पनि सडकको भित्ताबाट बेलाबेलामा आफैँ ढुङ्गामाटो बुरुरु झरिरहेको थियो । यस्तो लाग्थ्यो मार हानिसकेपछि ज्यान जानुअगाडि छट्पटाइरहेको पशुजस्तै यो पहाड पनि डोजरको मारपछि छट्पटाइरहेको थियो (पृ. २३३) । त्यस्तै अर्को प्रसङ्गमा उनी लेख्छन्– ‘भर्खरै पल्टाएर लडाइएका कलिला सल्लाका रुखहरू हेर्दा असमयमै युद्धमा मारिएका युवाका शरीरझैँ लाग्थे (पृ. २३३) । मौका पर्नासाथ बौद्ध दर्शनका विचारहरू पस्किहाल्ने लेखकीय स्वभावले गर्दा यात्रा वर्णन पट्यार लाग्दो नभई रोचक बन्न पुगेको छ । यात्राकै क्रममा उनले उल्लेख गरेको बौद्ध दर्शनको यो पङ्क्ति निकै मार्मिक छ संसार दुःखले भरिएको छ । त्यसैले दुःखबाट मुक्ति पाउने पहिलो सर्त यहाँ जसो गरे पनिजुन बाटो हिँडे पनिजुन विकल्प अँगाले पनि दुःख छ भनेर स्वीकार्नु हो (पृ. ११२) ।

मेरो मान्यता छपुस्तकले पाठकलाई धेरै अर्ती उपदेश नदेओस् तर कुनै विषयमा गम्भीर भएर सोच्न बाध्य बनाओस्अनि मात्र त्यो पुस्तक मूल्यवान् हुन्छ । नुनतेल’ पढ्दै गर्दा मनमा अनेकौँ सवालजवाफ उठ्छन् । प्रत्येक वर्ष पृथ्वीको औषत तापमान वृद्धि भइरहँदा निकट भविष्यमै हाम्रा हिमालहरू काला पत्थरमा परिणत भएपछि नेपालको पर्यटन उद्योगजलविद्युत र कृषि व्यवसायको हालत के होला हाम्रा राजनीतिकर्मीहरूले रटान मारिरहेको विकास साँच्चिकै दिगो हुन्छ त अनि नेपालजस्तो सानो देशले पृथ्वीको विनासलाई रोक्न सक्ला र तर केही गर्न नसके पनि हामीले नवीकरणीय ऊर्जाको व्यापक प्रयोगद्वारा पेट्रोलियम पदार्थको खपत घटाउन सक्छौँ । नाङ्गा डाँडाहरूमा वृक्षरोपण गरी हराभरा बनाउन सक्छौँ, खेतबारीमा रासायनिक मलको मात्रा घटाएर जल, जमिन र हामीले स्वास फेर्ने हावालाई स्वच्छ राख्न सक्छौँ, ‘डोजरे विकासलाई नियन्त्रण गर्दै दिगो विकासको मार्ग कोर्न सक्छौँ । 

अन्त्यमा लेखकले उठाएका जलवायु परिवर्तन र दिगो विकासका गहन मुद्दाहरूलाई हाम्रा सामाजिक अभियन्ता र राजनीतिकर्मीहरूले पनि मनन गर्दै आफ्नोभन्दा भविष्यका सन्ततिहरूका लागि काम गरून् । केही दशकभित्रै हाम्रा सेता हिमालहरू काला पत्थरमा परिणत नहोऊन् र तपाईँलाई पनि एकपटक डा. जीवन क्षेत्रीको नुनतेल’ पढ्ने अवसर मिलोस्शुभकामना !

स्राेत : https://sahityapost.com/top-news/186791/


Monday, February 23, 2026

पठन अनुभूति (नून-तेल)

देश चुनावी माहोलले तात्तिएको छ तर जुम्लामा चिसो घटेको छैन । सामाजिक सञ्जाल हेरिनसक्नु छ । सबैले आ-आफ्नै डम्फु बजाइरहेका छन् । केही समयका लागि यो सञ्जालबाट टाढा बस्न मन लागेर लामो समयदेखि झोलामा बोकेर हिँडेको तर पढ्ने मौका नमिलेको पुस्तक खोलेँ । २०८० सालको मदन पुरस्कारका लागि उत्कृष्ट पुस्तकको सूचीमा परेको यो पुस्तकमा लेखकले कुस्मादेखि बुटवलसम्मको ५ दिनको यात्रा वर्णन गरेका छन् । मूल रूपमा जलवायु परिवर्तन र यसका असरहरूबारे लेखिएको यो पुस्तकमा लेखकले आफ्ना पुर्खाहरूले नुन तेल किन्न बटौली (बुटवल) जाने पदमार्गलाई पछ्याउँदै विगततर्फको यात्रा गरेका छन् ।
मैले यो पुस्तक सुन्दर प्रकृतिको काखमा बसेर पढेँ । अगाडिपट्टि हिउँले ढाकिएका सेता पहाडहरू, तल खलङ्गा बजार, वरिपरि वसन्त पर्खिरहेका स्याउका बगैँचा र सुसाइरहने सल्लाका बोटहरू । म यो चिसो मौसममा बसेर पुस्तक पढिरहँदा देश चुनावको रापले तात्तिएको छ । यो हप्ता अधिकांश राजनीतिक दलहरूका चुनावी घोषणापत्र सार्वजनिक भइरहेका छन् । तर कसैले पनि आफ्ना चुनावी घोषणापत्रमा जलवायु परिवर्तन र यसका असर न्यूनीकरण तथा दिगो विकासलाई प्राथमिकतामा राखेको देखिएन । थाहा छैन अबको १०/२० वर्षपछि हिमाली जिल्लाहरू यसरी हिउँले ढाकिन्छन् कि नाईँ ? स्थानीयवासीहरूका अनुसार यस क्षेत्रमा प्रत्येक वर्ष हिउँ पर्ने क्रम घटिरहेको छ । यहाँ आएपछि थाहा भो हिमाली जिल्लाहरूमा हिउँ पर्नु भनेको ठूलै उत्सव रहेछ । तर त्यस्तो उत्सव आजकल बिरलै आउने रहेछ । जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम बृद्धिका पछाडि ठूला तथा विकसित देशहरूकै मुख्य हात रहे तापनि ससाना देश त्यसमा पनि नेपालजस्ता हिमाली देशहरूमा ठूलो असर पर्ने देखिन्छ । लेखकले यस पुस्तकमा उठाएको प्रमुख विषय पनि यही हो ।

लेखक आफ्नोभन्दा आफ्नो छोरा र उनीहरूको पुस्ताप्रति चिन्तित छन् । उनी लेख्छन् ‘छोराले आधुनिक विज्ञानले सिर्जना गरेका अनगिन्ती सुख सुविधा त भोग्ला, भ्याक्सिन पाएर कोभिडजस्ता महामारीबाट सुरक्षा त पाउला । तर, हामीले बाल्यकालमा पाएझैँ स्वस्थ हावामा सास फेर्न नपाउने भयो । मूलको सफा र चिसो पानी पिउन नपाउने भयो । अनि, विषादीरहित र स्वस्थकर खाना खान नपाउने भयो (पृ.२४७) ।
पुस्तक पढ्दै गर्दा फेरि चुनावकै प्रसङ्गले तान्यो । विगतमाझैँ यसपालि पनि राजनीतिक पार्टीहरूको एकअर्कालाई आरोप प्रत्यारोप लगाउने र आफ्ना राम्रा पक्षभन्दा अरूका नराम्रा पक्षको बढी प्रचारप्रसार गर्ने प्रवृत्ति रोकिएको छैन । पुराना दलहरूले नयाँहरूलाई ‘हाहा-हुहु’ र ‘देश जलाउने’ को संज्ञा दिएका छन् भने नयाँहरूले पुरानालाई ‘आजसम्म केही नगरेको’ आरोप लगाएका छन् । तर वास्तवमा यी दुबै भाष्यहरू पूर्ण सत्य छैनन् । ‘नुन-तेल’ पढ्दै गर्दा थाहा हुन्छ हामीभन्दा दुई पुस्ता अघि मात्र नेपालका पहाडी भेगमा भोकमरीको कस्तो विकराल अवस्था थियो । केही दशकयता नेपालले भोकमरीमाथि विजय हासिल गरेको छ । भौतिक पूर्वाधारहरूको ढिलै भएपनि विकास भइरहेको छ तर नयाँ र पुराना दुबै पुस्ताका राजनीतिकर्मीहरूले ‘विकास भनेकै डोजर लगाएर पहाड भत्काउनु हो’ भन्ने मानसिकता त्याग्नु जरुरी छ । यसपालिको चुनावी घोषणापत्र हेर्दा पनि राजनीतिक दलहरूमा (नयाँ भनिएकाहरूमा समेत) वातावरण संरक्षण र दिगो विकास सम्बन्धी चेत पसेको देखिँदैन ।
लेखक पेशाले चिकित्सक भए तापनि उनमा प्रकृतिप्रेम र दार्शनिक चेतना सशक्त देखिन्छ । उनी लेख्छन् ‘डोजरले बाटो खनिसकेर सुस्ताएको भए पनि सडकको भित्ताबाट बेलाबेलामा आफैँ ढुङ्गामाटो बुरुरु झरिरहेको थियो । यस्तो लाग्थ्यो- मार हानिसकेपछि ज्यान जानुअगाडि छट्पटाइरहेको पशुजस्तै यो पहाड पनि डोजरको मारपछि छट्पटाइरहेको थियो (पृ. २३३) । त्यस्तै अर्को प्रसङ्गमा उनी लेख्छन्- ‘भर्खरै पल्टाएर लडाइएका कलिला सल्लाका रुखहरू हेर्दा असमयमै युद्धमा मारिएका युवाका शरीरझैँ लाग्थे (पृ. २३३) । मौका पर्नासाथ बौद्ध दर्शनका विचारहरू पस्किहाल्ने लेखकीय स्वभावले गर्दा यात्रा वर्णन पट्यार लाग्दो नभई रोचक बन्न पुगेको छ । यात्राकै क्रममा उनले उल्लेख गरेको बौद्ध दर्शनको यो पङ्क्ति निकै मार्मिक छ- संसार दुःखले भरिएको छ । त्यसैले दुःखबाट मुक्ति पाउने पहिलो सर्त यहाँ जसो गरे पनि, जुन बाटो हिँडे पनि, जुन विकल्प अँगाले पनि दुःख छ भनेर स्वीकार्नु हो (पृ. ११२) ।
मेरो मान्यता छ, पुस्तकले पाठकलाई धेरै अर्ती उपदेश नदेओस् तर कुनै विषयमा गम्भीर भएर सोच्न बाध्य बनाओस्, अनि मात्र त्यो पुस्तक मूल्यवान हुन्छ । ‘नुन-तेल’ पढ्दै गर्दा मनमा अनेकौँ सवाल-जवाफ उठ्छन् । प्रत्येक वर्ष पृथ्वीको औषत तापमान वृद्धि भइरहँदा निकट भविष्यमै हाम्रा हिमालहरू काला पत्थरमा परिणत भएपछि नेपालको पर्यटन उद्योग, जलविद्युत र कृषि व्यवसायको हालत के होला ? हाम्रा राजनीतिकर्मीहरूले रटान मारिरहेको विकास साँच्चिकै दिगो हुन्छ त ? अनि नेपालजस्तो सानो देशले पृथ्वीको विनासलाई रोक्न सक्ला र ? तर केही गर्न नसके पनि हामीले नवीकरणीय ऊर्जाको व्यापक प्रयोगद्वारा पेट्रोलियम पदार्थको खपत घटाउन सक्छौँ । नाङ्गा डाँडाहरूमा वृक्षरोपण गरी हराभरा बनाउन सक्छौँ, खेतबारीमा रासायनिक मलको मात्रा घटाएर जल, जमिन र हामीले स्वास फेर्ने हावालाई स्वच्छ राख्न सक्छौँ, ‘डोजरे विकास’लाई नियन्त्रण गर्दै दिगो विकासको मार्ग कोर्न सक्छौँ ।
अन्त्यमा लेखकले उठाएका जलवायु परिवर्तन र दिगो विकासका गहन मुद्दाहरूलाई हाम्रा सामाजिक अभियन्ता र राजनीतिकर्मीहरूले पनि मनन गर्दै आफ्नोभन्दा भविष्यका सन्ततिहरूका लागि काम गरून् । केही दशकभित्रै हाम्रा सेता हिमालहरू काला पत्थरमा परिणत नहोऊन् र तपाईँलाई पनि एकपटक डा. जीवन क्षेत्रीको ‘नुन-तेल’ पढ्ने अवसर मिलोस्, शुभकामना !


Wednesday, January 23, 2019

स्रष्टा भनेको अराजक समूह होः एक अन्तर्वार्ता

नेपाली मुक्तकका विविध आयामबारे नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेसँग
लिइएको अन्तर्वार्ता
प्रस्तुतकर्ता ः मुक्ति भण्डारी

१. साहित्यका अन्य विधाहरूबाट मुक्तक अलग विधा हो भन्ने आधार के छ ?
सबैभन्दा पहिले मुक्तकलाई यसको परिभाषाबाटै बुझ्न सकिन्छ । मुक्तक संस्कृत भाषाबाट आएको शब्द हो । ‘मुक्त’ शव्दमा ‘कन’ प्रत्यय लागेर मुक्तकको व्युत्पत्ति हुन्छ । जसको अर्थ हुन्छ स्वतन्त्र । आफैमा पूर्ण । हामीले एउटा अभियान चारपंक्तीय मुक्तक लेखनको चलाएका छौं । अस्ति पोखरामा सम्पन्न मुक्तक महोत्सवमा पनि यो विषयमा चर्चा भयो । केही असहमति त छँदै छन्, तर मुक्तकको मानक रूप चार पंक्तिलाई मान्ने विषयमा धेरैको सहमति छ । चारपंक्ति आफैमा पूर्ण हुने भएकाले मुक्तक चोटिलो, पोटिलो, रसिलो र आफैमा परिपूर्ण हुन्छ । यो नै मुक्तकको पहिचान हो ।

२. तपाईँले  चार पंक्तिमा लेखिने मुक्तकलाई नै मानक मान्नु पर्ने कुरा राख्नु भयो, अधिकांश पुराना स्रष्टा र केही समकालीन स्रष्टाहरूले समेत चारभन्दा बढी पंक्तिका मुक्तक लेख्नुहुन्छ नि ! 
उहाँहरूसँग पनि हाम्रो विरोध होइन, किनकि उहाँहरूले पनि मुक्तकको नाममा भाषाकै सेवा गर्नु भा’छ । कतिपयले त गद्यमा समेत लेख्नुभा’छ । उहाँहरूको योगदानलाई हामीले कम आँक्नु हुँदैन । तर, प्रश्न कहाँनिर उठ्छ भने मुक्तक चिन्ने कसरी त ? २ देखि ७ लाइनलाई मुक्तक भनेपछि कहिलेकाहीँ म भन्ने गर्छु कविता बिग्रियो भने मुक्तक त्यसो भए ? हाइकु १७ अक्षरले चिनियो, पूर्वीय साहित्यमा दुई पदीयलाई दोहा भनिन्छ, त्यसैगरी सबैको आआफ्नै नाम छ भने मुक्तको एउटा पहिचान किन नहुने ? मुक्तकको स्वरूप नै बेरूप भएकोले यसलाई एउटा फ्रेममा ढालेको हो ।

३. नेपाली साहित्यमा मुक्तक कहिलेदेखि भित्रियो ?
नेपाली साहित्यको प्राथमिक कालमा नै मुक्तक भेटिन्छ । शक्तिबल्लभ अर्यालको ‘तनहुँ  भकुण्डो’ स्पष्ट नेपाली मुक्तक हो । त्यो चार पंक्तिमा छ, चार पंक्तिमा तीनवटा जिल्लाको कुरा उल्लेख गरिएको छ यद्यपी मुक्तक नामकरण गरिएको छैन । यसैलाई पहिलो चतुष्पदीय मुक्तक मान्न सकिन्छ । त्यसपछि भानुभक्तले ‘गजाधर सोतीकी...’ भन्ने चतुष्पदीय लेखेको पाइन्छ । त्यसपछि मोतीरामले काम गरे । खासमा प्राथमिक र माध्यमिक कालमा मुक्तक नाम दिइएन । आधुनिक कालमा आएपछि भीमदर्शन रोकाले ‘घाम डुबेर तारा नउदाइसकेको आकाश हुुँ म’ भन्ने मुक्तक लेखे । भीमदर्शन रोकालाई नेपाली मुक्तकमा चतुष्पदीय मुक्तक लेखनका प्रारम्भकर्ता भन्न सकिन्छ । उनले मुक्तक नभने पनि चतुष्पदीय शैली भित्र्याए । त्यसपछि  टेकबहादुर नवीनले मुक्तकका दुईवटा किताबहरु लेखे २०१६ सालमा । तर उनले पनि मुक्तक भन्न सकेनन् । मुक्तक नै भनेर २०२० सालमा कृष्णप्रसाद पराजुलीले लेखे । तर यसमा दुईजनाको दाबी छ । चेतन कार्कीले मेरो ‘मुक्तक मेला’को भूमिकामा ‘सायद पहिलो मुक्तक मेरो थियो कि’ भन्नुभा’छ  । त्यतिबेला उहाँले देहरादूनमा पढ्नुहुन्थ्यो उहाँले ‘त्यो प्रति मसँग नहँुदा क्लेम गर्न सकिन’ भन्नुभा’छ । त्यसैगरी कृष्णप्रसाद पराजुलीले ‘मुक्तक शब्द नै प्रयोग गर्ने पहिलो व्यक्ति म नै रहेँछु’ भन्नुभा’छ । 

४. मुक्तकका अरु कुनै प्रकारलाई पनि मानक मान्न सकिन्थ्यो तर रुवाइलाई नै मान्नुको कारण के हो ?
रुवाइ शैलीलाई रुचायो मान्छेले । यसको एउटा मजा के छ भने तेस्रो पंक्तिमा अनुप्रास मिलाउनु नपर्दा भावलाई बेजोड बनाउन सकिन्छ । तुकान्त बनाउन खोज्दा भाव कमजोर बन्न सक्छ । यसमा सुरुकोे उठान पंक्ति र दोस्रोमा विकास पंक्ति हन्छ । त्यस्तै तेस्रोले ताक्ने काम गर्छ भने चौथोले हान्ने काम गर्छ । खुत्रुक्कै पार्छ । हामीले पूर्वीय मान्यतालाई विरोध गर्न खोजेको होइन त्यहाँ छोटा वा लघु कविता जतिलाई मुक्तक भनेको छ । हामीले मानक चाहिँ चतुष्पदि बनाएका हौं जसमा पूर्वीय मुक्तक र रुवाइ दुबै समेटिन्छ ।

५. कुनै देशले संविधान बनाएर जनतालाई सोहीअनुसार चल्ल आदेश दिएझैं साहित्यमा पनि कुनै संस्था वा समूहले निर्धारण गरेको मानको आधारमा सबै चल्नुपर्छ भन्ने छ र ?
वास्तवमा स्रष्टा भनेको अराजक समूह हो । उनीहरूले सधैं सिद्धान्तमा टेकेर लेख्छन् वा लेख्नुपर्छ भन्ने केही छैन । हामीसँग कुनै हत्कडी छैन, हामीले त मुक्तकको पहिचानको लागि चतुष्पदीयलाई मानक मानेर अगाडि बढौं भन्ने प्रस्ताव गरेका हौं । तर, पछिल्लो समयमा अधिकांश स्रष्टाहरूले यो कुरालाई स्वीकार गर्नुभा’छ ।

६.पछिल्लो समयमा नेपालमा मुक्तक लेखनको अवस्था कस्तो छ ?
म सबैभन्दा पहिले मुक्तकको महत्वबारे बताउँछु  । नेपालमा २०३६ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, २०६२÷६३ को आन्दोलन सबैमा मुक्तकले स्थान पाएको छ । किनकि यी सबै आन्दोलनमा आआफ्नो कार्यक्रम सुरु गर्नुभन्दा पहिले मुक्तक सुनाउँथे । यसको सबैभन्दा सटिक पाटो चार पंक्तीय हुनु हो । यसका साथै सामाजिक सञ्जालमा सबैभन्दा आड पाएको र फैलिएको विधा मुक्तक हो । यसलाई अङ्ग्रेजी भन्छ नि ‘आइ.टी. फ्रेण्डली’ भनुम न । सामाजिक सञ्जालमैत्री । अहिले त अनुकूल मुक्तकको छ ।

७. यही आधारमा मुक्तकले भविष्यमा समृद्ध विधाको रूपमा आफूलाई चिनाउन सक्ला भन्न सकिन्छ ? 
कुरो के छ भने मुक्तक विधा हो कि उपविधा भन्ने विषयमा नै विवाद छ । अहिलेसम्म यसलाई कविताको उपविधा मानिएको छ तर हामी मुक्तकले पनि अलग मान्यता पाउनुपर्छ  भन्ने मान्यता राख्छौं तर त्योभन्दा अगाडि गर्नुपर्ने काम धेरै छन् । मुख्य कुरा त मुक्तकलाई कसैले बनाइदिने भन्दा पनि उत्कृष्ट मुक्तकहरू लेखिँदै गएपछि स्वतः यसले आफ्नो स्थान पाउँछ । म त नेपाली मुक्तको भविष्य सुन्दर देख्छु ।

८. सर नेपाल मुक्तक प्रष्ठिानको अध्यक्ष पनि हुनुहुन्छ, यो संस्था खासमा त तपाईँहरूले मुक्तकको उत्थानकै लागि स्थापना गर्नुभा’को होला, यसका अन्य उद्देश्य पनि छन् कि ? संस्थाको स्थापनादेखि हालसम्मका गतिविधिबारे बताइदिनु न ।
यो एउटा संजोक हो । मेरा दुईवटा मुक्तक संग्रह आइसकेपछि रेडियो नेपालका रमेश पौड्याल भाइले काठमाडौंमा एउटा मुक्तकको क्षेत्रमा काम गर्ने संस्था गठन गरौं भन्ने आग्रह गरे र पछि छलफल गरेर अगाडि बढियो २०७० सालमा । हाम्रो मूल उद्देश्य मुक्तकको उत्थान र उन्नयन गर्नु हो तापनि हामीले देश दुखेको बेलामा स्रष्टाहरू पनि चुप लाएर बस्नुहुन्न भनेर विभिन्न कामहरू गरेका छौं । समाजमा जुन धारणा छ ‘लेखकहरू आस मात्र गर्छन्, माग्न सक्छन्, दिन सक्दैनन् ।’ यसैलाई चिर्दै स्रष्टाहरुले पनि समाजलाई दिन सक्छन्  भन्ने देखाउन हामीले काम गरेका छौं । असारमा बाढी आउँदा हामीले टिकटमा मुक्तक कार्यक्रम गरेर बाढी पीडितलाई सहयोग ग¥र्यौं । २०७२ सालमा भूकम्पपीडितहरूलाई साढे तीनलाख रुपियाँको राहत सामग्री वितरण ग¥यौं । २०७३ मा सिन्धुपाल्चोकको बाढीमा सहयोग ग¥यौं । सिन्धुपाल्चोकको वनसाँघु मा.वि. मा चार लाख रुपियाँको अक्षय कोश स्थापना गरेका छौं । त्यसमा हामीलाई मलेसिया र इजरायल शाखाले सहयोग गरेको छ । आगामी दिनमा पनि देशमा नराम्रो घटना त नघटोस्, तर दुःख पर्दा हामीले सिर्जनाबाटै सहयोग गर्ने छौं । हामीले वर्षमा चारवटा कार्यक्रमहरू गर्ने अठोट गरेका छौं । यी  शाखा—प्रशाखाहरू खोलिनुमा सामाजिक सञ्जालको  सबैभन्दा महत्वपूर्ण भूमिका छ । उनीहरूले सम्पूर्ण काम  आफै गर्छन्, हामीले अनुमोदन गर्छौं । अहिले हाम्रा तीन देशमा शाखाहरू सक्रिय छन् । मलेसिया शाखाले एउटा, इजरायलले दुइटा र यु.के. शाखाले एउटा कृति प्रकाशन गरिसके । अन्य देशमा पनि छन् तर यतिबेला यी तीन देशमा रहेका शाखाहरू सक्रिय छन् ।

९. काठमाडौंमा पछिल्लो समयमा तपाईँहरूको गतिविधि अलिक कम देखिन्छ नि, के गर्दै छ नेपाल मुक्तक प्रष्ठिानले ?
त्यस्तो कम भएको त होइन । हामीले नियमित कार्यक्रमहरू गरिराखेकै छौं । सबै साथीहरूको आ—आफ्नै व्यस्तताले  भनेजति काम गर्न सकेका छैनौं । यो पालि चाहिँ १०१ जना मुक्तककारहरूको संयुक्त सङ्ग्रह निकाल्दै छौं । हाम्रा शाखाहरूले पनि आ—आफ्नै ढङ्गले कार्यक्रम गरिरहेकै छन् ।

 १०. अब मुक्तक भित्रका कुरा गरौं । धेरै मानिसहरू गजल र मुक्तकको संरचनामै झुक्किएको देखिन्छ । गजलका सुरुका दुई शेर र चतुष्पदी मुक्तकमा के फरक छ ?
तपाईँले भनेको कुरा ठीक हो । धेरै मान्छेहरू गजल र मुक्तकमा झुक्किन्छन् । सामाजिक सञ्जालमा कतिपयले मेरो मुक्तकमा ‘हाउ नाइस गजल’ भनेर कमेन्ट गरेका हुन्छन् । त्यसका पछाडि गजलको लोकप्रियता र संरचनात्मक रूपमा देखिने समानता नै हो । लेख्नेहरू स्पष्ट छन् तापनि पाठकहरू तपाईँले भनेझैं अलमलमा देखिन्छन् । तर, गजल र मुक्तक बीच आनका तान फरक छ । मुक्तक चार पंक्तिमा पूर्ण हुन्छ । सुरुको पंक्तिले उठाएको विषयलाई चौथोले पुष्टि गर्छ तर गजलमा त्यस्तो हुँदैन । गजलमा त प्रत्येक शेरले अलग अलग विषय पनि उठाउन सक्छन् । गहिरिएर हे¥यो भने जो कोहीले पनि यी दुईका बीचको भिन्नता सजिलै थाहा पाउँछ । मुक्तकमा चारै पंक्तिमा अनुप्रास मिलाउन पनि सकिन्छ । उदाहरणको लागि चेतन कार्की दाइको मुक्तकलाई लिन सकिन्छ—
रूप होस्, अभिमान नहोस्, सम्भव नै छैन
बैंस होस्, गुमान नहोस् सम्भव नै छैन ।
क्रान्ति होस्, वलिदान नहोस् सम्भव नै छैन
नेता होस् वेइमान नहोस् सम्भव नै छैन ।

११. नेपाली समालोचकहरूका नजरमा मुक्तक किन पर्न नसकेको होला ?
त्यसमा एउटा त हेर्ने दृष्टिकोण नै हो । मुक्तकलाई टुक्रे कविता भनेर हेर्ने चलन छ । म त त्यसलाई दृष्टिदोष भन्छु । एउटा महाकाव्यले दिने सार एउटा मुक्तकमा अटाउन सकिन्छ । कुनै पनि विधा आफैमा ठूलो र सानो भन्ने हुँदैन । त्यस बिधामा लाग्ने स्रष्टाहरूले कत्तिको स्तरीय काम गरे भन्नेमा भर पर्छ । एक त परम्परागत सोंच हो दोस्रो त्यो स्तरको मुक्तक लेखिएकै छैन । सुन्दर मुक्तकहरू लेखिँदै गएपछि समालोचकहरू पनि यतातिर आकर्षित होलान् । अहिले त नेपाली समालोचना आख्यान विधामै केन्द्रित छ । मुक्तक मात्र होइन कविता, गजल लगायतका अन्य विधाहरू पनि समालोचकका आँखामा परेको देखिन्न । तर, पत्र—पत्रिका, सामाजिक सञ्जाल तथा विभिन्न साहित्यिक गोष्ठीहरूमा मुक्तकबारे चर्चा परिचर्चा भइरहेकै छन् ।

१२. समकालीन मुक्तक लेखनका प्रवृत्तिहरू के कस्ता छन् ?
नेपाली मुक्तक लेखनमा वर्तमान सन्दर्भमा समाजका विविध क्षेत्रका विसङ्गति विकृति नै हो पहिलो विषय बनेर आएको छ भने दोस्रोमा प्रेम । प्रेमका दुईतीनवटा आयाममा फैलिएर कलम चलाइएको पाइन्छ । जस्तो कि व्यक्ति—व्यक्ति बीचको प्रेम, राष्ट्रप्रेम, प्रकृतिप्रेम आदि । शैलीको कुरा गर्नुपर्दा चतुष्पदीलाई नै अधिकांश स्रष्टाहरूले पछ्याएको देखिन्छ ।


१३. कतिपय स्रष्टाहरूले मुक्तकमा शीर्षक राखेको देखिन्छ भने कतिपयले शीर्षक नराखी मुक्तकहरू प्रकाशन गर्नुभा’छ । यस विषयमा तपाईँ के भन्नुहुन्छ ?
राख्नुपर्छ भन्ने छैन । तर, राख्नेहरूलाई हाम्रो विरोध पनि छैन । तर, विस्तारै शीर्षक बिना नै मुक्तक प्रकाशन गर्ने ट्रेण्ड चल्दैछ ।

१४. अन्त्यमा तपाईँको आफूलाई मनपर्ने मुक्तक सुनौं न ।
मैले यो मुक्तक धेरै ठाउँमा सुनाएको छु । अहिले यही सुनौं है त ।
अनौठो खबर पत्रिकामा पढ्न पाए कसो होला ?
दुःखद् एउटा उदाहरण देख्न पाए कसो होला ?
असफल प्रेमीहरू झैं देश बिग्रेको झोंकमा
आत्महत्या ग¥यो रे नेताले सुन्न पाए कसो होला ?
धन्यवाद !

Sunday, September 30, 2018

दशैं

#दसैं
यसपालि दसैं मनाउने ठूलो धाेकाे थियो
तर पाइन ।
भाग्य लेख्दा लेख्दै भावी निदाएको
याे निधारमा
टीका र जमराले सजाउने,
चुहिने छानाे छाउने,
ठूलो धाेकाे थियो
तर बिडम्बना
बाढी अायाे
बगायाे ।
झुप्राे मात्र बगाएन
मेरा लालाबालाकाे
भविष्य पनि बगायाे
त्यसैले
यसपालि पनि दसैं अायाे तर मनाउन पाइन ।
काेसीमा बाढी अाउँदा
लाखौं नेपाली सरकारकाे मुख हेरेर बसे
तर सरकार
काेसीकाे 'स' माेटाे लेख्ने कि पातलाे?
गरिबकाे 'रि' ह्रस्व लेख्ने कि दीर्घ ?
भन्दै झगडा गरिरह्याे ।
त्यसैले
यसपालि पनि दसैं अायाे
तर मनाउन पाइन ।
पाेहाेर साल पुन्टेलाई सम्झाएको थिए-
"बाबु ! अहिले नराे,
अर्को वर्ष संविधान बन्छ,
निमुखाकाे दिन अाउँछ,
चामल सस्तोमा पाइन्छ,
सेल पकाउँला...यस्तै यस्तै
तर यसपालि के भनेर सम्झाऊँ मेरो पुन्टेलाई?
कसरी पकाऊँ सेल राेटी?
त्यसैले
यसपालि पनि दसैं अायाे
तर मनाउन पाइन ।
ए दसैं !
तँ वर्षेनि मलाई सताउन किन अाउँछस्?
न मेरो दुखेको घाउमा मल्हम लगाउँछस्,
न मेरो चुहिने छानाे छाउन मद्दत गर्छस्,
वर्षेनि यसरी मलाई सताउन
नअा न गाँठे !
-मुक्ति भण्डारी, स्याङ्जा

Friday, September 7, 2018

पुस्तक, मान्छे र प्रेम



पुस्तक, मान्छे र प्रेम
(एक अंश)
...कुनै कुनै पुस्तकहरू यस्ता हुन्छन्, जुन वर्षौं पहिलेदेखि आफूसँग भएर पनि बेवास्तामा परेका । कतै दराजको कुनामा फ्याँकिएका । तर यस्तो पनि दिन आउँछ त्यै वेवास्तामा परेको पुस्तकलाई काखी च्याँपेर कतै एकान्तमा पसिन्छ र घण्टौं रमाइन्छ । कतै आँसु झार्दै त कतै पेट मिचिमिचि हाँस्दै । अनि पढिसकेपछि भित्री दिलमा अमिलो हुन्छ, एउटा गहिरो पछुतो हुन्छ त्यसलाई ढिलो गरी पढेकोमा र एउटा झिनो आनन्द पनि हुन्छ कम्तीमा पढ्न त पढेँ ढिलै भए पनि । कुनै कुनै पुस्तक त झन् सिरानीमै राख्न मन लाग्छ । एकाविहानै उठ्यो, चियासँगै दुईचार हरफ पढ्यो, मुसुक्क हाँस्यो । तिमी पनि एउटा त्यस्तै गम्भीर पुस्तक रै’छौ भुन्टी ! जसलाई ढिलो गरी पढेकोमा आत्मग्लानी र ढिलै भए पनि पढेकोमा सन्तुष्टि मिलेको छ । माफ गर, सायद मैले गलत बिम्बको प्रयोग गरेँ कि ! भर्खरै मैले एकजना गुरुको भनाइ सम्झेँ—‘पुस्तक मृत मान्छे हो भने मान्छे जीवित पुस्तक ।’ तिमी पनि त एउटा जीवित पुस्तक हौ । तर यस्तो पुस्तक जसमा नयाँ नयाँ अध्यायहरू थप्ने प्रसस्त सम्भावनाहरू बाँकी छन् । आऊ, सँगै मिलेर एउटा सुन्दर कृति सृजना गरौं ।
©मुक्ति भण्डारी

Thursday, September 6, 2018

विराेधाभाष




कविता

“विराेधाभाष”



मुक्ति भण्डारी
एकाविहानै उठेर दाैडिन्छु
दाैडधुपलाई जिन्दगी भनेर ।
सडकमा एउटा ठिटो
विज्ञापनलाई समाचार भनेर बेचिरहेछ,
हेडलाईन हेर्छु
स्पष्ट देखिन्छ
पत्रिकाले गधालाई “नेता” भनेर छापेछ ।
एउटा चिया पसलमा पस्छु
पसल्निले कालो चियालाई “ब्ल्याक टि” भनेर खुवाई
म पनि दङ्गै परेर पिइदिएँ
अाहा! कालो चियाभन्दा त ब्ल्याक टि मीठो ।
घर फर्केपछि श्रीमती हाजिर भइन
दिनभरिकाे प्रगति विवरण लिएर
छाेरालाई कारागार पठाइछन् “हाेस्टेल” भनेर
उता छाेराले सिकेछ-
स्याउलाई “एप्पल” भन्न
बिरालोलाई “क्याट”
दाइलाई “ब्राे”
भैंसीलाई “बफ”
अामालाई “मम्”
र बुवालाई “ड्याड” भन्न ।
र सिकेछ थुप्रै “नेपाङ्ग्रेजी” बाेल्न ।
म विश्वस्त छु एकदिन छाेराले मलाई “सुड्ढाे” र
उनलाई “सुड्ढी” भन्न पनि सिक्ने छ ।
टिभी खाेल्छु
तीज अाइसकेछ
एक हूल कलाकारले बजार तताएछन्
रत्याैलीलाई “तिज गीत” भनेर
नाङ्गो नाचलाई “कल्चर डान्स” भनेर
झट्ट सम्झेँ
उफ् !
अब श्रीमतीले सताउने सिजन अाएछ
जाँडलाई “दर” भनेर
चप्पललाई “सेन्डिल” भनेर
यस्तै यस्तै अनेक भनेर
जे नभन्नु थियो त्यै भनेर ।
यै सिजनमा कति प्रियाहरु व्रत बस्छन्
जँड्याहालाई “पतिदेव” भनेर
ऊ उतै लठ्ठिन्छ
भट्टिवालीलाई “डार्लिङ” भनेर
श्रीमतीलाई “खेलाैना” भनेर ।
यस्तै दिग्भ्रममा अाँसु झारिरहन्छन्
कैयन अामाहरु
विदेशीकाे भरियालाई “छाेराे” भनेर
मालिकहरुले
भरियाकाे देशमा दु:ख पर्दा
कुहिएको चामल पठाउँछन् “राहात” भनेर
अनि
हामी त्यसैलाई स्वाद मानी मानी खान्छाैं
“ब्राउन राइस” भनेर
गनाएकाे ठेकालाई बसायाे भनेझैं
दुर्गन्धलाई बास्ना भनेर ।
अाफू राजा बन्न
हजारौं मान्छेकाे नाक कान काट्ने
पृथ्वीनारायणलाई हामी पूजा गर्छौं
“राष्ट्रनिर्माता” भनेर ।
बुद्धकाे देशमा युद्ध गरियो
मान्छे मार्नुलाई “क्रान्ति” भनेर ।
कैलेकाहीँ अाफैसँग
प्रश्न गर्न मन लाग्छ
कतै म अर्को दिग्भ्रममा त छैन
नेपाललाई “स्वतन्त्र देश” भनेर
र अाफूलाई
याे देशकाे नागरिक भनेर?
चुड्किलालाई गजल/मुक्तक
अात्मगन्थनलाई उपन्यास
भनिने याे समयमा
म पनि तपाईंलाई
एउटा निबन्ध सुनाएँ “कविता” भनेर ।
धन्यवाद !
-मुक्ति भण्डारी

‘नुन-तेल’मा जलवायु परिवर्तन र दिगो विकासका गहन मुद्दा

  देश चुनावी माहोलले तात्तिएको छ तर जुम्लामा चिसो घटेको छैन । सामाजिक सञ्जाल हेरिनसक्नु छ । सबैले आ – आफ्नै डम्फु बजाइरहेका छन् । केही समयका...